१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा एकैदिन थपिए ५१२ जना काेराेना संक्रमित

२९ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४४० जना ,भक्तपुरमा ४३ र ललितपुरका २९ जना गरी काठमाडाैँ उपत्यकामा थप ५१२ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

पछिल्लाे २४ घण्टामा देशभर थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५५ हजार ३२९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।

प्रकाशित मिति : September 14, 2020 at 4:39 pm