१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

ल्याण्डलाइन र पोष्टपेड मोवाइलमा पर्याप्त रिचार्ज गर्न नेपाल टेलिकमको अनुरोध

२९ भदौ, काठमाडौँ। नेपाल टेलिकमले मंगलवार सेवामा अवरोध आउन नदिन ल्याण्डलाइन र पोष्टपेड मोवाइलका ग्राहकलाई समयमै पर्याप्त रिचार्ज गर्न सूचित गरेको छ । बिगतमा झै भदाै महिनाको ३० गते मासिक बिल तयार हुने भएकोले सेवामा समस्या आउन नदिन टेलिकमले यस्तो सूचना जारी गरेको हो ।

‘बिगत महिनाहरुमा जस्तै भदौ ३० गते ल्याण्डलाइन र पोष्टपेड मोवाइलको मासिक बिल तयार हुने भएकोले सेवामा अवरोध आउन नदिन समयमै रिचार्ज कार्ड, अनलाइन भुक्तानी सेवा प्रदायक वा बैंकहरु मार्फत पर्याप्त रिचार्ज गर्नुहुन नेपाल टेलिकमले अनुरोध गरेकाे छ ।

प्रकाशित मिति : September 14, 2020 at 2:30 pm