क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि
२९ भदौ, काठमाडौँ । नेपाल वायु सेवा निगमका पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्टार अस्पतालमा आइतवार स्वाब दिएका पाइलट लामाको सोमवार बिहान काेराेना संक्रमण पुष्टि भएको हो।

लामाको टोलीले चार दिन अगाडि मात्रै शान्ति मिसनमा खटिएको नेपाली सेनाको एक टोली लिएर अफ्रिकी मुलुक दक्षिण सुडान गएकाे थियाे । काेराेना संक्रमण पुष्टि भएपछि लामासहित अर्का पाइलट सोल्टी होटलको आइसोलेसनमा रहेका छन्।
प्रकाशित मिति : September 14, 2020 at 2:02 pm



