१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

विवादास्पद कम्पनी ओम्‍नी कालो सूचीमा

२९ भदाै, काठमाडाैँ । सरकारसँगको सम्झौता अनुसार स्वास्थ्य सामग्री ल्याउन असफल ओम्‍नी बिजनेस प्रालि (ओबिसिआई) कालो सूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राखेको हाे । सोमबार सूचना जारी गर्दै कार्यालयले ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।


ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो । सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले चैतमै ओम्नीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको भएको सम्झौता अनुसार चीनबाट तोकिएको समयमा स्वास्थ्य सामग्री ल्याउन नसकेको ओम्‍नी कालो सूचीमा परेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी सार्वजनिक खरिद अनुगमनको कार्यालयले ओम्‍नी समूहलाई कालोसूचीमा राखेको हो।

प्रकाशित मिति : September 14, 2020 at 12:39 pm