११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

सिन्धुपाल्चोकका जाेखिमपुर्ण बस्ती सुरक्षित स्थानमा साराैँः सभापति देउवा

२८ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा आइतबार विहान गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति मार्फत सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका -७ का तीन स्थान- नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा ७ जनाको मृत्यु र २४ जना वेपत्ता भएको घटना तथा बाग्लुङमा १ जनाको मत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले वेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु, खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह समेत गरेका छन् ।

उनले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औंल्याएका जोखिमका वस्तिहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : September 13, 2020 at 3:08 pm