१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

२८ भदाै, काठमाडाैँ । साताको पहिलो दिन आज सुनको मूल्य स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ९६ हजार ५ सय कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।


यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार ११:५७