११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

काठमाडौँकाे कीर्तिपुरमा घरबेटीले गरे कोठा भाडामा बस्नेको हत्या

२६ भदाै, काठमाडाैँ । काठमाडौँकाे कीर्तिपुरमा घरबेटीले कोठा भाडामा बस्नेको हत्या गरेका छन् । बाराकाे कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौँकाे कीर्तिपुर नगरपालिका–७ भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको हो । कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


घरबेटी महर्जनकाे कुटाइबाट गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको हाे । हत्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महर्जनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : September 11, 2020 at 5:45 pm