११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा एकैदिन थपिए ६९६ जना काेराेना संक्रमित

२६ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६२० जना , ललितपुरमा ३८ जना र भक्तपुरमा ३८ जना गरी काठमाडाैँ उपत्यकामा थप ६९६ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

पछिल्लाे २४ घण्टामा देशभर थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५१ हजार ९१९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ३६ हजार ६७२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १९१ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ६३४ जना रहेका छन् ।

यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३६ हजार ६७२ पुगेको छ । यस्तै आज १० हजार ७०१ जनाको पीसीआर परीक्षण भएको छ।

नेपालमा कोरोनाबाट हालसम्म ३२२ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै ५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : September 11, 2020 at 4:48 pm