२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने, यस्ता छन नेकपाको निर्णय (भिडियोसहित)


२६ भदाै, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले बिवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको कार्ययोना प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको पार्टी प्रचार विभागका प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

गत असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक साउन १३ गते तय गरिएको बैठक स्थगित भएपछि आज पहिलो पटक बसेको हो । यसबीचमा पार्टीभित्रको बिवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गर्नुभएको थियो ।

साउन ३० गते गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो । कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीवार मात्रै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रुप दिनुभएको थियो । सो प्रस्तावलाई आज बसेको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

अध्यक्षद्वयको प्रतिवेदन पारित भएसँगै दुई अध्यक्षको कार्यबिभाजन भएको छ भने अव नेतादेखि साधरण सदस्यसम्म कडा अनुशासनमा बाँधिनुर्पे भएको छ । अव सामाजिक सञ्जालमा आफ्नो आक्रोश जथाभावी पोख्न पाइने छैन । नेकपामा अहिलेसम्म सामाजिक सञ्जालमार्फत पार्टी नेताबिरुद्ध जथाभावी कुण्ठा पोख्ने क्रम हुँदै आएको थियो ।

चर्काे बिवादबीच असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक झण्डै पार्टी नै बिभाजन हुने तहमा पुगेपछि कार्यदलहुँदै अध्यक्षद्वयको प्रतिवेदन तयार भएपछि सहमतिमा पुगेर मिलेको हो । यो बैठकसँगै नेकपामा देखिएको बिवादमा पुर्णबिराम लागेको छ । भिडियो साैजन्यः नेकपा प्रवक्ता श्रेष्ठको सचिवालय ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १६:४६