११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

सप्तरीमा बेबारिसे बालकको उद्धारः आफन्तको खोजी जारी

२६ भदौ, राजविराज । सप्तरीको खडक नगरपालिका—८ कल्याणपुरस्थित हटिया बजारबाट आज एक बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकलाई संरक्षणका लागि कञ्चनरुप नगरपालिकास्थित बालगृह आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सांकेतिक तस्विर

बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक नभएको, चार फिट उचाइ भएको, चिउडोमा खत भएको र हेर्दा तराईमूलको जस्तो देखिने करीब १२ वर्षीय ती बालकलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परिचय भने खुल्न सकेको छैन । बालकका आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : September 11, 2020 at 1:48 pm