५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

गण्डकी प्रदेशमा थप १७ जनामा काेराेना संक्रमण पुष्टि

२६ भदौ,काठमाडाैँ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिअनुसार कास्कीको पोखरा महानगरपालिका १० की २६ वर्षीया महिला, वडा नं १ का ६२ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ५९ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिका १ का ४० वर्षीय पुरुष, र ५१ वर्षीय पुरुष रहेका छन्। यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ।

उनीहरू कावासोती नगरपालिका १६ का ४४ वर्षीय पुरुष, गैँडाकोट नगरपालिका ८ का ५४ र ८६ बर्षका पुरुष तथा ८२ र ६५ बर्षका महिला, वडा नं ५ का ३० र २८ बर्षिया महिला, वडा नं ११ का ३८ वर्षीय पुरुष, वडा नं  ४ का २५ वर्षीय पुरुष, वडा नं  १० का ३३ वर्षीय पुरुष, वडा नं  १ का २८ वर्षीय पुरुष र २९ बर्षिया महिलामा काेराेना सङ्क्रमण  पुष्टि भएको छ। योसँगै गण्डकीमा काेराेना सङ्क्रमितहरुको  संख्या २ हजार ७४७ पुगेको छ।

प्रकाशित मिति : September 11, 2020 at 11:20 am