११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थप ४६४ जनामा काेराेना संक्रमण पुष्टि

२४ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३९४ जना , ललितपुरमा ३४ जना र भक्तपुरमा ३६ जना गरी काठमाडाैँ उपत्यकामा थप ४६४ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

पछिल्लाे २४ घण्टामा देशभर थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ४९ हजार २१९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ९१८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ ।

प्रकाशित मिति : September 9, 2020 at 4:43 pm