११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पाँच सय रूपैयाँमा नक्कली ‘प्रेस पास’ बेच्ने गिरोह पक्राउ

२३ भदाै, काठमाडाैँ । प्रहरीले पत्रकार र स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बनाउने गिरोह पक्राउ गरेको छ । निषेधाज्ञाको माैका छोपी गलत काम गरेर फाइदा उठाउन खोज्ने त्यस्तो गिरोहलाइ नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई बागबजारबाट पक्राउ गरेको हो । उनीहरूले पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको खुलेको छ महासाखाका प्रवक्ता एसपी इश्वर कार्कीले जानकारी दिए ।

प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै एक सेवाग्राही समेत पक्राउ परेका छन् ।

ह्याम्स अस्पतालको स्टाफ भनेर स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउन लगाएका ३९ वर्षीय राजेन्द्रराज भण्डारी समेत पक्राउ महाशाखाले जनाएको छ । प्रहरीले न्यौपानेका कम्पनीमा छापा हानेको समयमा रेग्मी कार्ड लिन आएका थिए । पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरिएको छ । बरामद कार्डमा प्रेस लेखिएको महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीले जानकारी दिए ।

घटना विवरण :

बिश्वभर फैलिएको कोरोना भाईरस (covid-19) महामारीलाई नियन्त्रण गर्न नेपाल सरकारबाट निषेधाज्ञा समेत लागु भएको अवस्थामा काठमांडौ, बागबजारमा लक्ष्मण न्यौपानेले संचालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रा.लि.ले बिभिन्न व्यक्तिहरुको नामबाट नक्कलि प्रेस कार्डहरु, अस्पतालको नक्कलि परिचयपत्रहरु बनाई प्रति कार्ड रु ५०० भन्दा बढिमा बिक्रि बितरण गर्ने गरेको र सो कार्डहरु देखाई मानिसहरु आवतजावत गरी सार्बजनिक हित तथा स्वास्थ्य सुरक्षामा समेत आँच पुर्‍याएको भन्ने बिशेष सुचनाको आधारमा यस महानगरीय अपराध महाशाखाबाट खटीएको टोलिले मिति२०७७।०५।२२ गते का.जि.का.म.न.पा.२८ बागबजारबाट सो प्रिन्टर्सका संचालक लक्ष्मण न्यौपाने सहित निम्न व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागी महानगरिय प्रहरी परिसर काठमाण्डौ  पठाईएको ।

पक्राउ ब्याक्तिहरुको विवरणः-

१. जिल्ला नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट न.पा. वडा नं. १३ घर भई हाल का.जि. रातोपुल बस्ने योगलाल न्यौपानेको छोरा बर्ष ३५ को लक्ष्मण न्यौपाने ।

२. जिल्ला बर्दिया राजापुर न.पा. वडा नं. १० घर भई हाल का.जि. कोटेश्वर बस्ने तारा प्रसाद खड्काको छोरा बर्ष २३ को श्रीराम खड्का ।

३. जिल्ला नवलपुरासी सुस्ता पुर्व कावासोती न.पा. वडा नं. ८ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३१ भिमसेनगोला बस्ने चिन्तामणी शर्माको छोरा बर्ष २९ को रमेश कुमार रेग्मी ।

४. जिल्ला स्याङ्जा जगत्रदेबी गा.पा. वडा नं. ९ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. ४ धापसी बस्ने घनश्याम भण्डारीको छोरा बर्ष ३९ को राजेन्द्र राज भण्डारी ।

बरामदि सामानहरुको विवरणः-

  • बिभिन्न मिडियाहरुको नामको प्रेस आई.डि. कार्ड थान -१०
  • बिभिन्न असपतालको नक्कली परिचयपत्र थान -१५
  • बिभिन्न प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र थान – ३
  • अन्य व्यक्तिहरु समेतको नक्कली परिचयपत्र थान – ३
  • कालो रङको कटर मेसिन थान-१,
  • Canon कम्पनिको स्क्यानर थान-१,
  • Dell कम्पनिको डेक्सटप थान-१, मनिटर थान-१, प्रिन्टर मेसिन थान-२, किबोर्ड थान-१,
  • डेबुक थान-१,
  • सेतो रङको A4 साईजको प्लाष्टिक पेपर थान-२०,
  • लेमिनेशन मेसिन थान-१

प्रकाशित मिति : September 8, 2020 at 3:45 pm