१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

साेमबार नेप्सेमा ७७ लाख ८३ हजार कित्ता सेयर सूचीकृत

२२ भदाै, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्सको शेयर सूचिकृत भएको छ । नेप्सेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्सको ७७ लाख ८३ हजार ४८५.१९ कित्ता सेयर सूचीकृत भएको छ ।


साइना रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १३:२८