६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

घरबेटीले बद्नाम गरेपछि डेरा सर्ने तयारीमा प्रचण्ड, एकताका लागि अझै त्याग गर्ने उद्घोष


२१ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल विवादित ठेकेदार शारदाप्रसाद अधिकारीका कारण बद्नाम गरिएको भन्दै डेरा सर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ । आइतबार राति जनता टेलिभिजनमा प्रशारणा भएको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले जहाँ बसेपनि बिरोध हुने गरेको भन्दै अहिले बसिरहेको घर छाड्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले मेलम्ची र रसायनिक मलको मात्र नभइ धेरै पुराना ठेक्कासँग पनि जोडेर आफ्नो नाम जोडेर अनावश्यक रूपमा लाञ्छना लगाउने गरेको भन्दै दुःखेसो प्रकट गर्नुभयो । उहाँले भन्नुभयो ‘आफू जहाँ बसेपनि यसरी विरोध हुने गरेको र अहिले बसेको घर पनि छोड्न लागेको बताउनुभयो ।  पुराना–पुराना ठेक्कासँग जोडेर आफ्नो नाम अनावश्यक मुछ्ने गरिएको उहाँको भनाइ छ ।’

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले आफू कम्युनिष्ट पार्टी र आन्दाेलनकाे हितका लागि पटकपटक पद त्याग गरेकाे व्यक्ति भएकाे भन्दै पार्टी एकताका लागि अझै त्याग गर्नुपरे पनि तयार रहेको बताउनुभयो ।  उहाँले पार्टी एकताका लागि जस्ताेसुकै त्याग गर्दै आएको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार २२:३०