११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

आइतबार ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना काेराेना जितेर घर फर्किए

२१ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महिला २९० र पुरुष ६९० गरी ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संख्या संख्या ४६ हजार २५७ पुगेको उनले बताए ।


यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । यस्तै आज पीसीआर १० हजार ३८२ जनाको भएको छ ।

प्रकाशित मिति : September 6, 2020 at 4:24 pm