१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस घट्यो

२१ भदाैँ, काठमाडाैँ । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । कम्पनीले यसअघि आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट १३.१०१५ प्रतिशत बोनस शेयर बितरण गर्ने बोनसमा लाग्ने कर शेयरधनीले बेहोर्ने पर्ने गरी प्रस्ताव गरेकोमा बीमा समितिको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरी अब १०.५० प्रतिशत बोनस दिने र कर प्रयोजनको लागि ५१ लाख ८६ हजार ५ सय ५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि र बिमा समितिले स्वीकृति दिएपछि लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १३:५४