१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

एक सातामा युएईमा ५ नेपालीको कोरोना संक्रमणबाट मृत्यु

२१ भदौ, काठमाडौँ । कोरोना संक्रमणबाट विदेशमा थप ५ नेपालीको मृत्यु भएकाे छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार यो साता कोरोनाबाट ५ नेपालीको मृत्यु भएकाे हो। मृत्यु हुनेमा सबै युएईमा रहेका नेपालीहरू रहेका छन्। योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २ सय पुगेको छ। स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो।

फाइल फाेटाे

समितिका संयोजक डाक्टर संजीव सापकोटाले जापान, अष्ट्रेलिया कतारलगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा बृद्धि भएको बताए। हालसम्म नेपाल बाहेक विदेशमा ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ।

प्रकाशित मिति : September 6, 2020 at 11:31 am