स्वास्थ्य मापदण्ड पूरा गरेर रातो मच्छिन्द्रनाथको रथलाई आज तानिदै
२१ भदाै, काठमाडाैँ । स्वास्थ्य मापदण्ड पूरा गरेर रातो मच्छिन्द्रनाथको रथलाई आज तानिदै छ । कोरोनाको जोखिमका कारण अन्योलमा परेको रथजात्रा छोट्याउने सहमति भएअनुसार आज रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइने भएको छ ।

यससँगै रथलाई साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज आइतबार छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउनेछन् । विगतका वर्षहरुमा रथलाई जुन जुन ठाउँमा विश्राम गराइयो त्यस क्षेत्रका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो ।
प्रकाशित मिति : September 6, 2020 at 8:14 am



