चीनमा बनेको कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि थप चार देशको अनुमति
२१ भदाै, काठमाडाैँ । चीनले कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि थप चार देशको अनुमति पाएको छ । बीबीसीको समाचारमा खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको उल्लेख गरेको छ ।
समाचार अनुसार सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि सहमत भएका छन् । अरु दुई देशले पनि डाटा माग गरिरहेका बीबीसीले जनाएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमितको संख्या धेरै नभएकाले उसले अरु देशमा परीक्षणको काम गर्नुपरेको छ ।

सर्बीयामा चीनले नै बनाउँदै गरेको दुई वटा खोपको परीक्षण हुनेछ । पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ । दुई वटा खोप वुहान र बेइजिङ सीएनबीजी यूनिटले तयार पारेको हो । पाकिस्तानमा भने बेइजिङ यूनिटले तयार पारेको खोपको मात्रै परीक्षण हुने बीबीसीले जनाएको छ ।
प्रकाशित मिति : September 6, 2020 at 8:07 am



