२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

चिलिमे जलविद्युत केन्द्रको उत्पादन बन्द, प्रतिघण्टा एक लाख ७१ हजार ८२० रुपैयाँ नोक्सान

२१ जेठ, रसुवा । चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ । केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले बताएका छन ।

अवरुद्ध भएको स्थानमा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रबाट प्राविधिक परिचालन गरिएको उनले बताए । केन्द्रको विद्युत् उत्पादन बन्द हुँदा सोमार्फत रसुवाको आधा स्थान र त्यहाँ निर्माण भइरहेको रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । चिलिमे जलविद्युत् केन्द्रको उत्पादन बन्द हुँदा प्रतिघण्टा एक लाख ७१ हजार ८२० रुपैयाँ नोक्सान हुने गरेको छ ।

प्रकाशित मिति : June 4, 2018 at 10:16 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/