‘सामाजिक दूरी कायम गरौँ, कोरोनालाई परास्त गरौँ’ भन्दै टोलटोलमा स्वास्थ्यको टोली
२० भदाै, काठमाडाैँ । ‘सामाजिक दूरी कायम गरौँ, कोरोनालाई परास्त गरौँ’ भन्दै सेचतनाका लागि टोलटोलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वंयसेवकहरूको टोली खटिएको छ । काठमाडौँ उपत्काका तीन जिल्लालाइ १३ वटा क्लस्टरमा राखेर टोली टोलमा पुग्दैछ । बिहान तीन घण्टा सहरका विभिन्न स्थानमा टोलीले सचेतनाको काम गर्नेछ ।
शनिबार माइतिघर मण्डलमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड फोकल पर्सन महेन्द्र श्रेष्ठले राष्ट्रिय झण्डा फहराउँदै सचेतनामुलक अभियानको सुरूवात गरे । नेपाल स्काउट, हिसान र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना अभियान सञ्चालन हुने जनाइएको छ ।
मन्त्रालयले कोरोना भाइरसको संक्रमण र यसबाट बच्ने उपायबारे नागरिक सस्तरमा प्रत्यक्ष जानकारी गराउन यो अभियान सुरूवात गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार भीडभाड भइरहेका ठाउँ, मास्क नलगाउने तथा ठिक ढंगले मास्क प्रयोग नगर्नेहरुका बीचमा यो कार्यक्रम केन्द्रित हुनेछ ।


प्रकाशित मिति : September 5, 2020 at 2:44 pm



