११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापी गरिएकी काेराेना संक्रमित महिलाकाे मृत्यु

१९ भदाै, काठमाडाैँ । चितवनमा कोभिड–१९ संक्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

फाइल फाेटाे

ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

प्रकाशित मिति : September 4, 2020 at 4:06 pm