११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मनमोहन अस्पतालको इमरजन्सीमा झडप, चिकित्सक र स्वास्थ्यकर्मीले पनि कुटाइ खाए

१९ भदौ, काठमाडौँ । स्वयम्भूस्थित प्रस्तावित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमरजन्सी (आकस्मिक) कक्षमा झडप भएको छ । गएराति अस्पतालमा उपचार गराउन आएका एक जना बिरामी माथि २० भन्दा बढी युवाहरूको समूहले बिरामी माथि आक्रमण गरेको हो ।

उपचार गराइरहेका बिरामीमाथि आक्रमण भएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । गएराति ९ बजे २० भन्दा बढीको संख्यामा रहेको युवाहरूको समूहले अस्पतालको इमरजन्सीमा उपचार गराइरहेका युवा माथि आक्रमण गरेका हुन ।

बिरामी माथिको आक्रमण रोक्न खोज्दा अस्पतालका सामाग्री तोडफोड गर्ने र चिकित्सक, नर्स र स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ। उनीहरूले स्वास्थ्कर्मी घाइते हुनेगरी आक्रमण गरेका छन । अस्पतालमा सामग्री तोडफोड भएको छ । प्रहरीले आक्रमणमा संलग्नको खोजी गरिरहेको बुझिएको छ ।

 

प्रकाशित मिति : September 4, 2020 at 12:19 pm