गृहमन्त्री थापा उद्धार टोली लिएर बागलुङको बाढी पहिरो प्रभावित क्षेत्र प्रस्थान
१९ भदाै, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिका ९ को बोबाङमा गएको पहिरोको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेका छन् । बिहिबार नै घटनास्थल गएका थापासहितको टोली खराब मौसमका कारण फर्किएको थियो । आज सांसद देवेन्द्र पौडेलसहित उद्धार टोलीसहित मन्त्री थापा त्यसतर्फ गएका हुन् ।
बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये ४ जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन सकेकाे छैन ।

बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन ।
प्रकाशित मिति : September 4, 2020 at 10:47 am



