११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ललितपुरमा बिहान ४ बजेदेखि कर्फ्यू, आदेश उल्लंघन गरि घरबाट बाहिर निस्के गोली हान्ने चेतावनी

१९ भदाै, काठमाडौँ । ललितपुर जिल्लामा आज बिहान ४ बजेदेखि  कर्फ्यु जारी भएको छ । ललितपुर पुल्चोकमा कोरोना संक्रमणको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि  प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शुक्रबार बिहानदेखि रातिसम्मका लागि ललितपुरमा कर्फ्युको आदेश जारी गरेकाे बताए ।

उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ । यदि कर्फ्युकाे अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने  भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : September 4, 2020 at 8:34 am