ललितपुरमा कर्फ्यु, आदेश उल्लंघन गरि घरबाट बाहिर निस्के गोली हान्ने चेतावनी
१८ भदौ, काठमाडौँ । ललितपुर जिल्लामा कर्फ्युको आदेश जारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शुक्रबार बिहानदेखि रातिसम्मका लागि ललितपुरमा कर्फ्युको आदेश जारी भएको छ।

निषेधाज्ञाको समयमा रातो मच्छिन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार तनाव भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाउने आदेश जारी गरेको हो । बिहीबारको अवस्था उग्र भएपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 3, 2020 at 10:52 pm



