काठमाडौँ उपत्यकामा थप ४४५ जनामा काेराेना संक्रमण पुष्टि
१८ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३५७ जना , ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जना गरी काठमाडाैँ उपत्यकामा थप ४४५मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।
बिहिबार देशभर ३८४ महिला र ८४४ पुरुष गरी १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । जसमध्ये काठमाडाैँ उपत्यकाका मात्रै ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ९१७ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म डिस्चार्ज हुनेकाे संख्या २४ हजार २०७ रहेकाे छ
प्रकाशित मिति : September 3, 2020 at 4:21 pm



