बिहिबार १२२८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४२ हजार ८७७ पुग्याे
१८ भदाै, काठमाडाैँ । बिहिबार देशभर ३८४ महिला र ८४४ पुरुष गरी १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । जसमध्ये काठमाडाैँ उपत्यकाका मात्रै ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ९१७ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म डिस्चार्ज हुनेकाे संख्या २४ हजार २०७ रहेकाे छ ।
प्रकाशित मिति : September 3, 2020 at 4:28 pm



