११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पिसिआर नेगेटिभले मात्र काठमाडौँ छिर्न पाउने, गर्न नपाइने १३ र पाइने १६ काम यी हुन

१७ भदाै, काठमाडाैँ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि उपत्यकामा दोस्रो पटक एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ।गृह मन्त्रालयसँगको छलफलपछि काठमाडाैँ, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासन कार्यलयले २४ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको छ। योसँगै पिसिअार रिपोर्ट नेगेटिभ भएकाले काठमाडाैँ प्रवेश गर्न पाउने भएका छन ।

यसपटक थपिएकाे निषेधाज्ञामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ ।

यसअघि पहिलो पटक चैत्र ११ गतेदेखि जारी गरिएको देश व्यापी लकडाउन साउन ७ गतेदेखि खोलिएको थियो। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पुन: स्थानीय स्तरबाट निषेधाज्ञा जारी गरिएको थियो। काठमाडाैँ उपत्यकामा पनि भदाै ३ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो। यी हुन गर्न पाउने र नपाउने काम ।

प्रकाशित मिति : September 2, 2020 at 7:44 pm