एकैपटक ४ शिशु जन्माएकी २२ वर्षिया महिलाको मृत्यु
१७ भदौ, जनकपुरधाम । एकैपटक ४ शिशु जन्माएकी २२ वर्षिया महिलाको मृत्यु भएकाे छ । धनुषाके विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति शल्यक्रियामार्फत ४ बच्चालाई जन्म दिएकी थिइन् ।

स्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा खातुनकाे बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।खातुनले १ छोरा र ३ छोरीलाई जन्म दिएकी थिइन् । शिशुकाे अवस्था अस्थिर रहेकाे पनि अस्पतालले जनाएकाे छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको छ ।
प्रकाशित मिति : September 2, 2020 at 5:50 pm



