११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कोरोना संक्रमणबाट काठमाडौँका ३ सहित थप १२ जनाको मृत्यु

१७ भदाै, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ काेराेना संक्रमितकाे  मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा ६ जना महिला र ६ जना पुरुषको कोरोना संक्रमणका कारण  मृत्यु भएको छ ।

फाइल फाेटाे

 काेराेना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौँका ३ जना र चितवनका ३ जना रहेका छन्। काठमाडौँमा काेराेनाबाट मृत्यु हुनेमा  १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवन २ महिला र १ पुरुष रहेका छन् भने ललितपुरमा १ जना, तनहुँमा १ जना र कपिलवस्तुमा १ जना महिला रहेका छन् । यस्तै बारामा १ जना, भक्तपुरमा १ जना र धादिङका १ जना गरी ३ पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण  मृत्यु हुनेकाे संख्या २५१ पुगेको छ ।

प्रकाशित मिति : September 2, 2020 at 4:49 pm