आफ्नै ७ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबु काठमाडाैँको शंखमुलबाट पक्राउ
१७ भदाै, काठमाडाैँ । आफ्नै ७ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबु काठमाडाैँको शंखमुलबाट पक्राउ परेका छन् । उनले बिगत ७ महिनादेखि बलात्कार छाेरीलाई गर्दै आएकाे अनुसन्धानमा खुलेकाे प्रहरीले जनाएकाे छ । आमा रोजगारीका लागि खाडी मुलुक गएकी थिइन् ।
विदेशमा काेराेनाका कारण अलपत्र परेका नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् । छोरीले योनी दुख्यो भनेपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् ।

अस्पतालमा छोरीले बाबुको कर्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । बाबुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : September 2, 2020 at 1:29 pm



