११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

विज्ञको भेषमा लेखा समितिमा उपस्थित विचाैलिया विजय मिश्रलाई अख्तियारले बोलायो

१७ भदौ, काठमाडौँ । विज्ञको भेषमा संसदको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित भएर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अस्तव्यस्त पार्ने विचाैलिया विजय प्रकाश मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएको छ । आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर नै मिश्रलाई बोलाएको हो ।

आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रेस खरिद प्रक्रियाका सन्दर्भमा ७० करोड रूपैयाँको मोलमोलाइ भएको भन्दै मिश्रले नै तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटासँग भएको कुराकानी भन्दै विभिन्न शक्तिकेन्द्रमा बुझाएर अडियो सार्वजनिक गराएका थिए ।

तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ । मिश्रमको विरूद्धमा जिल्ला अदालत काठमाडाैँमा पनि मुद्दा विचारधिन रहेको छ ।

प्रकाशित मिति : September 2, 2020 at 9:51 am