पेट्रोलको मूल्य बढ्यो
१६ भदाै, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार राति देखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा बृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर २ रुपैयाँको दरले पेट्रोलको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य मंगलबार राती १२ बजेपछि लागू हुनेछ।

मूल्य बढेसँगै पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ। डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनकाे मूल्य भने यथावत् नै रहेकाे निगमले जनाएकाे छ।
प्रकाशित मिति : September 1, 2020 at 8:39 pm



