गण्डकी प्रदेशमा १४ दिनको नाबालकसहित थप ३९ जनामा काेराेना संक्रमण पुष्टि
१६ भदौ, काठमाडौँ । गण्डकी प्रदेशमा १४ दिनको नाबालकसहित थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङका १४ दिन नाबालकसहित ३९ जनामा कोरोना पुष्टि भएको हो। लमजुङको बेसीशहरमा २६ जना नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुईजना र बागलुङमा १ जना गरी गण्डकी प्रदेशमा थप ३९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो।

जमजुङका १४ दिनका नाबालकसहित १ जना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन् । काेराेना संक्रमण पुष्टि भएका एकजना नेपाल पर्यटन बोर्ड, पोखराका पदाधिकारी हुन् । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ पुगेको छ ।

प्रकाशित मिति : September 1, 2020 at 12:42 pm



