११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको निधन

१६ भदौ, काठमाडौँ । पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ७० वर्षीय चालिसे लामो समयदेखि मुटुको समस्याका कारण उपचाररत थिए। काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए।

फाइल फाेटाे

 भाद्र ११ गते अस्पताल भर्ना भएका उनमा उपचारकै क्रममा  कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। उनको मंगलबार बिहान गंगालाल अस्पतालमा बिहान ७ बजे निधन भएकाे हाे।

प्रकाशित मिति : September 1, 2020 at 11:43 am