११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो

१६ भदौ, चितवन । काठमाडौँबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ मा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

मंगलबार बिहान ना ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् ।

घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : September 1, 2020 at 8:53 am