११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

१५ भदौ, विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र आज देखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

शनिबार साझदेखि उहाँ निवासमै रहनु भएको छ । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : August 31, 2020 at 10:59 pm