डाक्टर भोला रिजाल र उनकी पत्नीलाई काेराेना संक्रमण
१५ भदाै, काठमाडाैँ । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नीलाई काेराेना संक्रमण पुष्टि भएको छ। शनिबार कोरोना संक्रमण पुष्टि भएपछि रिजाल र उनकी पत्नी ह्याम्स अस्पताल भर्ना भएका छन्।

ह्याम्स अस्पतालमा उपचाररत डाक्टर रिजालले आफूहरूको अवस्था सामान्य रहेको बताएका छन्। उनले उच्च मनोबल भएमा कोरोनालाई परास्त गर्न सकिने समेत बताएका छन्। उनले चाडै संक्रमण मुक्त हुने बताउँदै संक्रमण मुक्त भइसकेपछि पुन: फ्रन्टलाइनमै खटिएर सेवा प्रवाह गर्ने बताए ।
प्रकाशित मिति : August 31, 2020 at 8:00 pm



