११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

साेमबार ८९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९ हजार ४६०

१५ भदौ, काठमाडौँ । साेमबार देशभर ३०३ महिला र ५९६ पुरुष गरी थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ संक्रमित थपिएका हुन्। यीसहित हालसम्म काेराेना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा रहेकाको संख्या १० हजार ७०१ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार १२१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५८८  निको भएसँगै कुल निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।

प्रकाशित मिति : August 31, 2020 at 4:30 pm