काेराेना संक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु
१५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार विहान मृत्यु भएकाे छ । उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएकाे थियाे । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२ जना पुगेकाे छ । तीमध्ये चितवनका ६ जना, मकवानपुरका ३ जना, बाराको निजगढ १ जना, नबलपरासीका विनयत्रिवेणीकाे १ जना र गोरखा आँबुखैरहनीका१ जना रहेका छन् ।
प्रकाशित मिति : August 31, 2020 at 10:36 am



