थ्रेसरले टाउमा च्यापेर झापाका विकासकाे मृत्यु
१४ भदौ, झापा । च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसर यन्त्रले टाउको च्यापेर आज झापा, कनकाई नगरपालिकामा एक व्यक्तिको ज्यान गएको छ । कनकाई –२ निवासी २४ वर्षीय विकास लिम्बूको चलिरहेको थ्रेसर मेसिनले टाउको च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनुसार हरि कार्कीका घरमा च्याउ खेतीका लागि पराल काट्नका लागि मे १ त ६४४७ नम्बरको ट्रयाक्टरमा थ्रेसर जडान गरिएको थियो । अचानक अपराह्न १ः ३० बजे यन्त्रमा च्यापिएर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : August 30, 2020 at 6:15 pm



