११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

१४ भदाै, काठमाडौँ । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट नेपालमा  ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । काेराेना संक्रमणबाट मृत्यु हुने महिलामा सुनसरीकाे १ जना, बाराकाे १ जना, महोत्तरीकाे १ जना र काठमाडौँकाे १ जना रहेका छन् ।

फाइल फाेटाे

यस्तै काेराेना संक्रमणबाट मृत्यु हुने पुरुषमा महोत्तरीका २जना र रुपन्देहीका २ जना तथा सुनसरीका १ जना, मोरङका १ जना, रौतहटका १ जना, ललितपुरका १ जना, भक्तपुरका १ जना र नवलपरासीका १ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

प्रकाशित मिति : August 30, 2020 at 4:50 pm