आइतबार १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि
१३ भदौ, काठमाडौँ । आइतबार देशभर ३४८महिला र ८७३ पुरुष गरी थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ हजार २२१ संक्रमित थपिएका हुन्। यीसहित हालसम्म काेराेना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा रहेकाको संख्या १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।
प्रकाशित मिति : August 30, 2020 at 4:29 pm



