११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काठमाडाैँ उपत्यकामा थप ४२९ जना कोरोना संक्रमण पुष्टि

१४ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङकाक्रममा  काठमाडौँमा३६२, ललितपुरमा १२ र भक्तपुरमा ४५ गरी कुल ४२९ जनामा कोरोना संक्रमण देखिएको बताए ।

सांकेतिक तस्विर

देशभर ३४८महिला र ८७३ पुरुष गरी थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ हजार २२१ संक्रमित थपिएका हुन्। यीसहित हालसम्म काेराेना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

प्रकाशित मिति : August 30, 2020 at 4:26 pm