११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

अनेरास्ववियूको झण्डा र लेटरप्याड दुरूपयोग गरेको भन्दै सहसंयोजक तामाङलाई हटाउन माग

१४ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको विवाद सतहमा आएको छ । संगठनका सहसंयोजक रञ्जित तमाङले संगठनको झण्डा र लेटरप्याड दुरूपयोग गरेको भन्दै केन्द्रीय सदस्यहरूले सामाजिक सञ्जालबाट उनलाई हटाउन माग गर्दै अभियान नै चलाएका छन ।

अनेरास्ववियूका नेताहरू आरसी लामछिाने, प्रकाश पौडेल, अस्मिता लुइटेल थापा, घनश्याम पुन, दीपक धामी लगायतले रञ्जित प्रवृतिको खुलेर बिरोध गरेका छन । उनीहरूले रञ्जितालाई पार्टीले सहसंयोजकको जिम्मेवारीबाट मुक्त गर्नुपर्ने माग गरेका छन । तमाङले पछिल्लो पटक संगठनको एकताको मर्म विपरित संयोजकको अनुमति र सहमति विपरित एकपक्षीय ढंगले विभिन्न विज्ञप्ति जारी गर्दै आएका छन ।

अनेरास्ववियूको लेटरप्याडमा हस्ताक्षर गरेर तमाङले एकलाैटी ढंगले व्यक्ति सम्बाेधनका विषय निरन्तर उठाउन थालेपछि उनीहरूले त्यसपछि असहमति जाहेर गरेका हुन । अनेरास्ववियूका नेता आरसी लामछिानेले एक-आपसमा मिलेर जिम्मेवारी पूरा गर्न अनुरोध गरेका छन भने उनले भनेका छन ‘पार्टी तथा संगठनको स्वस्थ तथा दीर्घ जिवनका लागि हरेक नेता,कार्यकर्ता जिम्मेवार बनौ। समयले सुम्पिएको कार्यभार पुरागर्ने सिलसिलामा एक-आपसमा झुकौ । मुल बाटो पहिचानमा नचुकौँ ।’

त्यस्तै अनेरास्ववियूका नेता प्रकाश पाैडेल लेख्छन ‘हामी कार्यकर्ता नै नेताको आफन्त लाई भयानक शक्तिशाली देख्ने चाकडी गर्ने गर्छौ त्यसैले नेताका आफन्त ले राज्य शत्ता दुरुपयोग गरे भनेर छानिछानी बिरोध गर्नु को तुक छैन । हामी सर्बसाधारण जनता का सन्तान जो राजनीति मा छौ हामिले यस्ता सबै खाले प्रवृत्ति को एक मुस्ट बिरोधको आवाज न उठाउदा सम्म यो परिबर्तन हुने छैन ।’

यस्तै अनेरास्ववियूकी नेतृ अस्मिता लुइटेल थापा लेख्छिन ‘अनेरास्ववियूको लेटरप्याड र झण्डा दुरुपयोग नहोस । यसैगरी हरेक केन्द्रीय सदस्यले आफ्ना कुण्ठालाइ लेटरप्याडमा लेखेर विज्ञप्ती भन्न थालेभने संगठनको मर्यादा कहाँ पुग्छ ? केपी ओली र प्रचण्डको वक्तव्य नेकपाको आधिकारिक हुन्छ । अनेरास्ववियूको संयोजकको वक्तव्यनै संगठनको आधारिक हुन्छ है ।’

अनेरास्ववियूकै नेता घनश्याम पुन लेख्छन् ‘संगठनको आधिकारिक धारना बाहिर ल्याउन सयोजक को हस्ताक्षर बिना कसरी आउँछ ? विधि बिधान बमोजिम आउनु पर्ने हो जस्तो लाग्छ ।तर पनि मित्र ले एकता को संगठन हो भन्ने भुल्नु भयछ।यदि हस्ताक्षर मोह बढिरहेको हो भन्ने साबिक को अखिल(क्रान्तिकारी )को letter pad मा गर्दा राम्रो र हितकर होला!एकता को संगठन लाई दुरुपयोग नगर्न का निम्ति अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : August 30, 2020 at 5:48 pm