११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

तनहुँमा थप २२ जनामा कोराना संक्रमण पुष्टि

१४ भदौ, तनहुँ  । तनहुँकाे भानु  नगरपालिकामा ८ वर्षीया बालिकासहित  २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा  भानु नगरपालिका–६ र ७ का १९ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएकाहरु सबै समुदायका रहेका छन्। काेराेना संक्रमितहरूलाई दमौली अस्पताल र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा लगिएको छ। याेसँगै तनहुँमा कोरोना संक्रमितकाे संख्या २ सय ७५ पुगेको छ भने निको हुनेको संख्या १ सय ९९ रहेको छ।

प्रकाशित मिति : August 30, 2020 at 3:46 pm