११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

१७ वर्षीया युवतीलाई सामूहिक बलात्कार, ४ जना पक्राउ

१४ भदौ, गोदावरी । कैलाली, जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको बताउनुभयो ।

प्रकाशित मिति : August 30, 2020 at 3:20 pm