धरानमा काेराेना संक्रमणबाट आमा-छोराको मृत्यु
१४ भदाै, काठमाडाैँ । काेराेना संक्रमणबाट आमा-छोराको मृत्यु भएकाे छ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् धरान-१७ की ७४ वर्षीया वृद्धा र ६० वर्षीय पुरुषको मृत्यु भएको हो। उनीहरू आमा-छोरा हुन्।
अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार महिलाकाे आइतबार बिहान साढे ८ बजे र पुरुषको बिहान ७:४५ मा मृत्यु भएको हाे । मधुमेह, उच्च रक्तचापकी बिरामी महिलालाई अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या आएको थियो। एक सातादेखि सो समस्या भएकी उनलाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो।

यस्तै, १० दिनदेखि अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि ६० वर्षीय पुरुषलाई शनिबार राति ९ बजे भर्ना गरिएकाे थियाे ।उनको बिहान ७:४५ मा मृत्यु भएको हाे ।
प्रकाशित मिति : August 30, 2020 at 1:30 pm



